नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएको कारण काठमाडौँदेखि देशको अन्य जिल्लाहरुमा जाने लामो दुरीको गाडी संचालनमा रोक लगाइएको छ । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छ ।
पहिरो हटाउने कार्य भइरहेको छ र अवरुद्ध सडक खुलेसँगै सवारी साधनको सञ्चालनमा खुल्ला गर्ने जानकारी आएको छ । वर्षायाममा चितवनको नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा हरेक वर्ष यसरी नै पहिरो खसेर सडक अवरुद्ध हुने गरेको पाइन्छ । यात्रुहरुले पहिरोको कारण घन्टौसम्म जाममा फसेको पाइन्छ ।