नेपाल राष्ट्र बैंकले बैंकहरुलाई गाडी र अन्य स्पेयर पार्ट्स व्यवसायको आयातका लागि एलसी नखोल्न आग्रह गरेसँगै नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।
पदाधिकारीहरुको भेटसँगै प्रधानमन्त्रीको यस विषयमा चासो बढेको नाडा अध्यक्ष ध्रुव बहादुर थापाले बताए । उनका अनुसार ‘गाडी र अन्य स्पेयर पार्ट्स व्यवसायको आयात रोकिनु देशको लागि राम्रो नभएको र यस विषयमा सम्बन्धित पक्षसँग छलफल गरेर यसको समाधान गर्ने प्रधानमन्त्रीले बताउनु भएको छ ।’
नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष ध्रुव बहादुर थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल र भेइकल कमिटीका सभापति निराकार श्रेष्ठको टोलीले प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए ।