अटोमोबाइल्स एसाेसियसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बीच भेटवार्ता भएको छ । भेटमा उनले गाडी आयात खुला गर्न माग गरेका छन् ।
देशको आर्थिक अवस्था निकै कम्जोर हुदै गएपछि आउँदो आसार मसान्तसम्म निजी प्रयोजनका कार, जीप र भ्यानको आयातमा प्रतिबन्ध लगाइएको छ । सवारीसाधनहरुको आयातले विदेशी मुद्रा सञ्चिती र शोधनान्तर स्थितिमा खासै असर पार्ने नदेखिएको र यसलाई फुक्का गरौँ भन्ने अध्यक्ष थापाले माग गरेका छन् ।
अध्यक्ष थापाले आयात प्रतिबन्धले यो बर्ष भृकुटी मण्डपमा हुन लागेको नाडा अटो एक्स्पोमा गाडी प्रदर्शनी गर्न नसकिने अवस्था उत्पन्न भएको बताए ।
छलफलमा गर्भनर अधिकारीले नाडाबाट प्राप्त सुझावहरुलाई मनन गरिरहेको र त्यसलाई आउँदो माैद्रिक नीतिमार्फत यथाशक्य सम्बोधन गरिने बताए । गभर्नरले भने, ‘८/९ महिनामा नै २.५ अर्ब डलर सञ्चिती घट्दै गएको छ । त्यसको परिपूर्ति कसरी गर्ने, त्यसलाई व्यवसायीहरुले बुझिदिन आवश्यक छ । अटोमोबाइल व्यवसाय बन्द हुँदा हामी खुसी हुन सक्दैनौं ।’