युवाहरु माझ लोकप्रिय मोटरहेड मोटरसाइकलले नेपाली नयाँ वर्षलाई लक्षित गरेर नयाँ योजना ल्याएको छ । मोटरहेडको नेपालका लागि आधिकरिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ वर्ष अफर हिजो सार्वजनिक गरेको हो ।
‘स्क्रयाच एण्ड क्याच त क्यास’ नामकरण गरिएको यो अफरमा ग्राहकले मोटरहेडका कुनैपनि मोटरसाइकल खरिद गर्दा २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सक्नेछन् । यसका साथै ग्राहकले बाइक खरिद गर्दा कुपन स्क्रयाच गरि ७ हजार रुपैयाँ देखी १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।
यो अफर नेपालभरि रहेका कुनैपनि मोटरहेडको सोरुममा उपलब्ध रहेको छ । ग्राहकले यो अफरको फाइदा वैशाख ३१ गतेसम्म मात्र उठाउँन सक्दछन् ।त्यसपछि यो अफरको समय सकिने छ ।
मोटरहेडले आफ्ना ग्राहकको लागि बेला बेलामा यस्तो अफरहरु लेराउँदै आइरहेको छ । यस अफरले सर्वसाधरणलाई मोटरहेडको मोटरसाइकल खरिद गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ ।