युवावर्गमा लोकप्रिय बन्दै गएको दुईपाङ्ग्रे सवारी कम्पनी हिरो मोटोकर्पले अप्रिल ५ गतेदेखि आफ्ना मोटरसाइकल र स्कुटरको मूल्य बढाउने भएको छ । बाइक र स्कुटर निर्माण गर्दा आवश्यक वस्तुको मूल्य बढेसँगै कम्पनीले आफ्नो मोटरसाइकल र स्कुटरको मूल्य बढाउन लागेको हो ।
कम्पनीले आम मानिससँग माफी माग्दै, मूल्य नबढाए कम्पनीलाई असर गर्ने बताएको छ । कम्पनीले मोडल र बजार अनुसार आफ्ना उत्पादनको मूल्य बढाएको हो ।
नेपालमा भने यसको मूल्य कति बढ्ने भनेर अहिलेसम्म यकिन भएको छैन् । तर भारतमा भने यसको मूल्य भारतिय मूल्य २ हजारले बढ्ने कम्पनीले जनाएको छ ।
हाल बजारमा वस्तुको मूल्य लगातार बढेसँगै कम्पनीहरु आफ्नो उत्पादनको मूल्य बढाईरहेका छन् । यसअघी टोयोटा किर्लोस्कर मोटर, टाटा मोटर्स, अडी, बीएमडब्लू र मर्सिडिज बेन्ज जस्ता कम्पनीहरूले पनि मूल्य बढाएका छन् ।
अप्रिल १ देखि टोयोटाका सबै गाडीहरुको मूल्य बढ्ने