हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएका मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको कारण पुष्टि गर्नेगरी समिति गठन गर्न निर्देशन दिएका छन् । इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्समा धेरै विवाद भइरहेको हुनाले यसको कारण पत्ता लगाउँन चाडो भन्दा चाडो समिति गठन गरेर प्रतिवेदन बुझाउँन आग्रह गरेका हुन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएसँगै मन्त्रालयमा पदबहाली गर्ने क्रममा अध्ययन समितिको प्रतिवेदनका आधारमा मात्रै काम अगाडी बढ्ने जनाएका छन् । यसका साथै, उनले पूर्वधार विकासका बाँकी योजनाको अध्ययन गरेर त्यही अनुसार कारबाही गर्ने बताएका छन् ।
मन्त्री राईले यि दुईवटा समितिको प्रतिवेदन आए लगत्तै मैदानमा उत्रिने जनाएका छन् । सरकारले भौतिक पूर्वाधार क्षेत्रमा धेरै खर्च हुने हुनाले अब यसको कडाईका साथ अनुगमन गर्ने समेत उनले बताए ।