Thursday, October 6, 2022

ग्राहकलाई दुर्घटनाबाट बचाउँन मर्सिडीज-बेन्जले बोलायो २ हजार बढी गाडी फिर्ता

जर्मन लक्जरी कार निर्माता मर्सिडीज-बेन्ज इन्डियाले भारतमा आफ्ना २,१७९ भन्दा बढी गाडी फिर्ता बोलाएको छ। कम्पनीले अक्टोबर २००५ देखि जनवरी २०१३ को बीचमा छुट्टाछुट्टै निर्मित एमएल, जीएल र आर क्लास गाडी फिर्ता बोलाएको मिडिया रिपोर्टले जनाएको छ ।

कम्पनीले यसैलाई मध्येनजर गरेर ग्राहकले आधिकारिक वेबसाइटमा गएर आफ्ना गाडी साधन फिर्ता बलाएको लिस्टमा छ कि छैन भनेर जाँच गर्न सक्दछन् ।

कम्पनीले इमेलमार्फत भनेको छ, ‘व्यक्तिगत रिपोर्टहरूको विश्लेषणका आधारमा, एमएल, जीएल र आर क्लास गाडीका ब्रेक बूस्टर खियाका कारण सही ढंगले काम नगर्नसक्छ ।’ कम्पनीका अनुसार लामो समयसम्म पानीकोसम्पर्कमा रहँदा र पानीको सम्पर्कमा रहँदा ब्रेक बुस्टरमा असर गर्दछ । तर यस्तो समस्याले फुट पार्किङ ब्रेकको काममा असर गर्दैन् । सुरक्षित ड्राइभिङका लागि ब्रेक अत्यावश्यक छ भन्ने कुरालाई ध्यानमा राख्दै सम्भावित रूपमा प्रभावित सवारी साधनका ग्राहकहरूले निरीक्षण नभएसम्म सवारी साधन प्रयोग गर्नबाट टाढा रहनुपर्छ।’

यसैलाई मध्येनजर गरेर कम्पनीले ग्राहकलाई दुर्घटना वा चोटपटकबाट बचाउँन गाडी फिर्ता बोलाएको हो ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here