बाटो र फुटपाथलाइ सफा र फराकिलो बनाउने लक्ष्यको साथ अगाडी बढेको काठमाडौँ महानगरपालिकाले अवैध संरचना र फुटपाथ हटाउने काम निरन्तर अगाडी बढाईरहेको छ । बाटो र फुटपाथको साथ साथै आज काठमाडौं महानगरपालिकाको टोली डोजर साथमै लिएर टुकुचा खोला खोज्न हिँडेको छ ।
महानगरका अनुसार वडा नम्बर १ स्थित जय नेपाल हल क्षेत्रमा टुकुचा खोलाको नाम निशाना नै छैन त्यसैले डोजर साथमै लिएर महानगरको टोली टुकुचा खोज्न हिडेको छ । जय नेपाल हल क्षेत्रमा डोजरले अहिले गहिरो खाल्डो खन्दै टुकुचा खोला खोजि रहेको छ ।
महानगरपालिकाले ३५ दिने सूचना जारी गरेर निर्देशन दिएता पनि टुकुचा अतिक्रमण गरेर बस्नेहरु नहटेको नगर प्रहरीले बताएको छ ।
