Monday, November 28, 2022

नयाँ सवारी साधन निर्माण प्लान्टको लागि मारुती सुजुकी ११००० करोड लगानी गर्न तयार

हरियाणा राज्य सरकारले गाडी निर्माण प्लान्टको लागि ८०० एकड जग्गा स्वीकृत गरेको महिना पछि, मारुतीले अन्ततः प्लान्टको लागी उक्त जग्गा सफलतापूर्वक पाइएको घोषणा गरेको छ । २,५०,००० युनिटको सवारी साधन निर्माण प्लान्ट रहने उक्त जग्गा हरियाणाको सोनीपतको इन्डस्ट्रियल मोडल टाउनशिप (आईएमटी) खारखोडामा अवस्थित छ । मारुतीले हरियाणा सरकारसँग निरन्तर वार्ता गरिरहेको थियो र अब सन् २०२५ सम्ममा पूर्ण रूपमा काम गर्ने प्लान्ट स्थापना गर्ने आशा राखेको छ ।

मारुति सुजुकी इन्डिया लिमिटेड (MSIL) का अध्यक्ष आरसी भार्गव अनुसार – मारुती सुजुकीको खर्खोडामा रहेको कार प्लान्टले सन् २०२८ सम्ममा वार्षिक १० लाख कारको पूर्ण उत्पादन क्षमता हासिल गर्ने लक्ष्य राखेको बताएको छन् ।

अटोमोटिभ कम्पनीको हरियाणामा पहिले नै केही प्लान्टहरू रहेको छन् र राज्यको समग्र अटोमोटिभ उत्पादनमा ठूलो योगदान दिदै आइरहेको छ । मानेसर प्लान्टले वार्षिक करिब ८००००० कारहरू बनाउने गर्छ, र गुडगाउँको प्लान्ट ७००००० क्षमताको छ । नयाँ खरकोडा प्लान्टले यसलाई विस्तार गर्न मद्दत गर्नेछ, र यसको प्रारम्भिक सञ्चालनमा ११ हजार करोड लगानी रहेको छ ।

मारुतीले पहिलो त्रैमासिकमा बिक्री घटेको देखे पनि, मारुतीको वार्षिक बिक्री संख्या निरन्तर बढिरहेको छ । मारुतीले घरेलू रूपमा ३% वार्षिक वृद्धि र निर्यातमा १४८% वार्षिक वृद्धि रिपोर्ट गरेको छ । यो नयाँ प्लान्ट आएपछि, यो स्पष्ट छ कि मारुतीले भविष्यमा यी संख्याहरू धेरै गुणा बढाउन चाहन्छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here