मारुती सुजुकी इन्डियाले हरियाणामा आगामि आठ वर्षमा आफ्नो उत्पादन क्षेमता वार्षिक १० लाख युनिट पुर्याउने लक्ष्य लिएको छ । यसको लागि कम्पनीले भारु १८ हजार करोड लगानी गर्ने योजना बनाएको छ । कम्पनीले विभिन्न चरण गरेर लगानी गर्ने कम्पनीले जनाएको छ । पहिलो चरणमा कम्पनीले ११ हजार करोड लगानी गर्नेछ ।
कार्यक्रममा बोल्दै मारुतीका अध्यक्ष आरसी भार्गवले भने, ‘कारखानाको १० लाख उत्पादन क्षमताले आन्तरिक तथा निर्यात बजारको माग पूरा गर्न मद्दत गर्नेछ। आगामि आठ वर्षमा कारखाना १० लाख सवारी साधनको उत्पादन क्षमताको सबैभन्दा ठूलो उत्पादन कारखाना बन्नेछ।’
हाल मारुतीको हरियाणामा दुईवटा र मूख्य कम्पनी सुजुकी मोटरको कारखाना गुजरातमा रहेको छ। यी कारखानाहरूको कुल उत्पादन क्षमता वार्षिक २२ लाख युनिट छ।