Tuesday, September 27, 2022

साउथ फिल्मका सुपरस्टार महेश बाबुले किने अडिको इलेक्ट्रिक एसयुभी ‘‍ई‍-ट्रोन’

साउथ फिल्मका सुपरस्टार महेश बाबुले अडिको इलेक्ट्रिक एसयुभी ‘‍ई‍-ट्रोन’ खरिद गरेका छन् । महेश बाबुले आफ्नो सामाजीक संजालमा उक्त गाडीको फोटो सेयर गर्दै सार्वजनिक गरेका हुन् । यो गाडीको भारतीय मूल्य करिब १ करोड १४ लाख रुपैयाँ रहेको छ ।

गाडी फुल चार्जमा ४८४ किलोमिटरसम्म चल्न सक्ने कम्पनीले जनाएको छ । यो इलेक्ट्रिक कारमा ९५ किलो वाट आवर ब्याट्री प्याक र डुअल मोटर सेटअप रहेको छ जसले ४०२ बिएचपी र ६६४ एनएम पीक टर्क उत्पादन गर्छ ।

यो गाडी अल-ह्विल ड्राइभ प्रणालीमा आधारित रहेको छ । यसमा ५.७ सेकेन्डमा ०-१०० किमी प्रतिघण्टाको गति बढाउन सक्ने क्षेमता रहेको छ । कारलाई ५० किलोवाटको फास्ट चार्जरबाट २ घण्टाभन्दा कम समयमा ०-८० प्रतिशत सम्म चार्ज गर्न सकिने छ । गाडीमा उपलब्ध ११ किलोवाटको एसी चार्जरले ८.५ घण्टामा ०-८० प्रतिशत सम्म चार्ज गर्न सकिने छ ।

यो इलेक्ट्रिक एसयूभीमा धेरै लक्जरी सुविधाहरू रहेका छन् । यसमा ३६० डिग्री पार्किङ क्यामेरा, थ्रीडी प्रिमियम साउन्ड सिस्टम, डाइनामिक लाइट स्टेजिङसहितको डिजिटल म्याट्रिक्स एलईडी हेडल्याम्प, हेडअप डिस्प्ले र प्यानोरामिक सनरुफ समावेश छन्।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here