Wednesday, October 5, 2022

लेभ्निङ इलेक्ट्रिक स्कुटरले होटेल व्यसायीहरुलाई ल्यायो यस्तो अफर

इलेक्ट्रिक स्कुटर कम्पनीहरु बढ्दो पेट्रोलियम पदार्थको मूल्यलाई मध्येनजर गरेर ग्राहकहरुको लागि विभिन्न आकर्षक स्किमहरु सार्वजनिक गरिरहेका छन् । यसैक्रममा चाइनीज कम्पनी  लेभ्निङ इलेक्ट्रिक स्कुटरले रेस्टुरेन्ट तथा होटेललाई लक्षित गरेर नयाँ अफर ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ नामकरण गर्दै उक्त स्किम सार्वजनिक गरेको हो । स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ ब्रान्डको स्कुटर नेपाल भरिको रेस्टुरेन्ट तथा होटेलले फुड डेलिभरीको लागि पाउने भएका छन् । 

यो स्किम शून्य प्रतिशत फाइनान्सका साथ उपलब्ध हुनेछ । १०००० मा फाइनान्सका साथ उपलब्ध हुने यो प्रभावकारी हुनसक्ने कम्पनीको भनाइ छ । कम्पनीका अुनसार ग्राहकले १२ ,१८ र  २४  महिना सम्मका लागि फाइनान्सको फाईदा लिन सकिनेछ ।

इच्छुक ग्राहकले लेभ्निङको काठमाडौं उपत्यकामा रहेका नक्साल, टेकु, भैसेपाटी, भक्तपुर, पाटन, बाफल लगायतका शोरुममा सम्पर्क गर्न सक्दछन् ।

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध रहेका छन् ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here