Monday, November 28, 2022

जेठ १५ देखि खुल्ने भयो लाइसेन्सको आवेदन, १५ दिनमै ट्रायल 

यातायात व्यवस्था विभागले जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्रको आवेदन खुलाउँने भएको छ । विभागले नयाँ प्रणालीसँगै लाइसेन्सको आवेदन खुलाउँन लागेको हो । यसअघि आवेदन दिएका सबैको पालो सकाएर नयाँ प्रणाली लागु गर्ने योजना भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जनाएका छन् ।

नयाँ व्यवस्थामा पहिले सीमित आवेदन लिने र उनीहरुको १५ दिनभित्रै ट्रायल सकाएर बल्ल नयाँ आवेदन लिइने विभागको योजना छ । यसले गर्दा लामो समय सम्म कुर्नु पर्ने अवस्था नहुने विभागको भनाइ छ ।

उनले भने, ‘यसअघि परेका सबै आवेदनको लिखित र ट्रायल दुवै परीक्षा अन्तिम चरणमा पुगेको छ।’ विभागले जेठ १ गतेदेखि आवेदन खुलाउँने योजना बनाएको थियो तर चुनावले गर्दा जेठ ४ बाट मात्र खुल्ने भएको छ ।

आवेदनको चाप बढेको भन्दै विभागले गत चैत्रदेखि आवेदन बन्द गरेको थियो । आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो। विभागले सबै आवेदकको ट्रायल यहि बैशाखको अन्तिम सातातिर सकिने गरि काम गरिरहेको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here