Tuesday, September 27, 2022

इलेक्ट्रिक क्रुजर बाइक ‘कोमाकी रेन्जर’ को छन् यस्ता विशेषता

नेपाली नयाँ वर्षलाई लक्षित गरेर कोमाकीले इलेक्ट्रिक बाइक ‘कोमाकी रेन्जर’ नेपाल भित्र्याएको थियो । नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले नेपालमा पहिलो पटक इलेक्ट्रिक क्रुजर बाइक भित्र्याएको हो । कम्पनीले यस बाइकको नेपाली मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकेको छ ।

इलेक्ट्रिक क्रुजर बाइक कोमाकीमा ४-किलोवाटको ब्याट्री प्याक र ४,००० वाटको मोटर रहेको छ । यसले एक पटकको फुल चार्जमा १८०-२२० किलोमिटरको दुरी तय गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा ७२ भोल्ट ५० एएचको लिथियम आयोन ब्याट्री छ, जसलाई करिब ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

यसमा केहि बजाज एभेन्जरको डिजाइन जस्तो ह्यान्डलबार, सिंगल पोड इन्स्ट्रुमेन्ट क्लस्टर, ग्लोसी क्रोम-ट्रीटेड डिस्प्ले रहेका छन् । यसको राइडर सिट एकदम आरामदायी रहेको छ ।

लामो दुरीको यात्रालाई लक्षित गरेर बाइकको दुबै छेउमा प्यानियर राखिएको छ । यसमा ब्लुटुथ साउन्ड सिस्टम, साइड स्ट्यान्ड सेन्सर, क्रुज कन्ट्रोल फिचर, एन्टी थेफ्ट लक सिस्टम र डुअल स्टोरेज बक्स रहेको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here