Thursday, October 6, 2022

नेपाल आउने भयो कियाको ‘इभी-६’, यस्ता छन् विशेषता

दक्षिण कोरियन कम्पनी कियाले नेपाली बजारमा चाडैं नै ‘इभी-६’ ल्याउँने भएको छ । नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आफ्नो आधिकारिक वेभसाइटमा ‘इभी-६’ को लिष्टिङ गरेको छ । जसमा ‘इभी-६’ कारको फोटो मुनि ‘कमिङ सुन’ भनेर लेखिएको छ ।

कम्पनीका अनुसार नेपालमा हाललाई ‘इभी-६’ को जिटी लाइन भर्सन मात्र आउन लागेको हो । अन्तराष्ट्रिय बजारमा भने यसको  व्याट्री प्याक अनुसार २ भर्सन उपलब्ध रहेका छन् ।  नेपालमा उपलब्ध हुने भर्सनको व्याट्री प्याक, ७७.४ किलोवाट क्षेमताको रहेको कम्पनीले जनाएको छ ।

यसको नेपाली मूल्य करिब १ करोड १० लाख हुने अनुमान गरिएको छ । तर कम्पनीले भने यसको आधिकारिक मूल्य अहिलेसम्म खुलाएको छैन् ।

स्पोर्टी डिजाइनमा केन्द्रिय यो कारमा इंटीग्रेटेड एलईडी, डे-टाइम रनिंग लाइट्सको साथै युनिक एलइडी डिआरएलएस रहेका छन् । यसमा लेयर्ड ड्यासबोर्ड, एसी भेन्ट्स, फ्ल्याट बटम स्टेयरिङ ह्वील र सेन्टर कन्सोल, वायरलेस चार्जर, ८-साइड आरामदायी ड्राइभर सिट, फराकिलो क्याविन स्पेस, एआईमा आधारित एचयूडी, एडीएएस जस्ता सुविधाहरु रहेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा अहिले किया ‘इभी-६’ को ५८ किलोवाट र ७७.४ किलोवट गरी २ ब्याट्री प्याक सहित उपलब्ध रहेको छ । जसअन्तर्गत ‘इभी-६’ को ५८ किलोवाट र ७७.४ किलोवट कारले ५८५ र बिएचपी पावर र ७४० एनएम टर्क उत्पादन गर्दछ । फुल चार्जमा यसले ५२८ किलोमिटरसम्मको रेन्ज दिन सक्ने कम्पनीले दाबी गरेको छ ।

 

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here