Thursday, October 6, 2022

चार वर्षपछि खुल्यो जुम्लामा सवारीचालक अनुमतिपत्रकाे परीक्षा, चालकहरू उत्साहित

चार वर्षदेखि बन्द रहेको सवारी अनुमति पत्र लाइसेन्स फागुन अन्तिम साताबाट जुम्लामै खुलेपछि अटो चालकहरू उत्साहित भएका छन् । मोटरसाइकल चालकहरू पनि लाइसेन्स वितरण खुल्दा निकै खुसी छन् ।

शनिवार गरिएको प्रयोगात्मक परीक्षाबाट ३५ जनामध्ये २३ जना मात्रै पास भएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोक बहादुर महतले बताउनुभयो ।उहाँका अनुसार एक जना अनुपस्थित र ११ जना असफल भएका छन् । असफल भएका ११ जनाले तत्काल पुन प्रयोगात्मक परीक्षा दिन पाउनेछन् ।हालसम्म मोटरसाइकल र स्कुटरका २ सय ६० जनामध्ये २५ जना मात्रै प्रयोगात्मक परीक्षामा पास भएका छन् । जिपको नतिजा आउन बाँकी छ ।

बढ्दो माग र गुनासोपछि विभागले गुनासो सम्बोधन गर्दै लाइसेन्स परीक्षा खुलाएको हो। पहिलो चरणका सबै वितरणपछि मात्रै दोस्रो चरणको अनलाइन फाराम खुल्ने कार्यालयले जनाएको छ। लिखित तथा प्रयोगात्मक परीक्षा नेपाल प्रहरी र ट्राफिक प्रहरीको कडा निगरानीमा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूको सहभागितामा हुने गरेको छ।

गत फागुन २० देखि जुम्लामा यातायात व्यवस्था विभागले खोलेको अनलाइन फाराम अर्को सूचना जारी नभएसम्मका लागि चैत १ बाट स्थगित भएको छ। लाइसेन्सको परीक्षा भने आगामी असार महिनासम्म जारी रहने यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here