Thursday, October 6, 2022

इटालियन ब्राण्ड ट्यारो स्कुटरको बिक्रि सुरु

ट्यारोले नेपाली बजारमा नयाँ स्कुटर लन्च गरेको छ । इटालियन मोटरासइकल ब्राण्ड ट्यारोको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्पले ट्यारो इमोला १५० स्पोर्टी स्कुटरको विक्री सुरु गरेको हो । कम्पनीले यसको नेपाली मूल्य ३ लाख ३० हजार रुपैयाँ राखेर बिक्रि सुरु गरेको छ ।

यसको डिजाइन स्पोर्टी रहेको छ जसमा भी-आकारको एलईडी हेडलाइट र ओ-आकारको रियर लाइट समावेश गरिएको छ । यसमा कम्बाइन्ड ब्रेकिङ सिस्टम (CBS), क्यापेसिटर-डिस्चार्ज इग्निसन (CDI), र एबीएस विकल्प सहितको डिस्क ब्रेक समावेश गरिएको छ ।

यसमा १४९.६ सीसी सहित एयर कुल्ड, सिंगल सिलिन्डर, ओएचसी इन्जिन रहेका छन् । जसले ८००० आरपीएममा ८.६ किलोवाटको पावर र ६००० आरपीएममा १२.१ एनएमको टर्क जेनेरेट गर्दछ । फियुल ट्याकंको क्षेमता ५.५ रहेको छ र यसको माइलेज ४५ किलोमिटर पर लिटर रहेको कम्पनीले जनाएको छ ।

साथै, यसको स्पोर्टी डिजाइन र बोल्ड लुकले गर्दा युवायुवती स्कुटर प्रति आकर्षक हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले १५० सीसी कै म्याक्सी डिजाइनको स्कुटर विक्री गर्दै आएको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here