Tuesday, November 29, 2022

नाइजेरियामा इन–ड्राइभर प्रतिबन्ध, नेपालमा पनि दर्ता नभइ भारतबाट सन्चालन

नाइजेरिया सरकारले ‘इन–ड्राइभर’ एपलाई नाइजेरियामा प्रतिबन्ध लगाएको छ । नाइजेरियामा सन् २०१९ देखि चल्दै आएको इन–ड्राइभरलाई, चोरी, डकैती र अपहरणको घटना बढेपछि नाइजेरियाले इन–ड्राइभरलाई बन्देज लगाएको हो ।

४४ देशका ६४६ शहरमा सन्चालन हुदैँ आएको इन–ड्राइभर, धेरै देशमा दर्ता नभइ चल्दै आइरहेका छन् । साथै, इन–ड्राइभरको विभिन्न देशमा चोरी, डकैती र अपहरणको घटना बाहिर आइरहेका छन् ।

नेपालमा कस्तो छ अवस्था ?

इन–ड्राइभर कम्पनी दर्ता बिना अवैध रुपमा नेपालमा सन्चालन भइरहेको खुलेको छ । फेसबुकमा नेपाललाई लक्षित गरेर प्रचार गरिरहेको इन-ड्राइभर कति बेला नेपाल आयो कति बेला देखि सन्चालनमा आयो भन्ने नै सराकारी निकायहरु बेखबर छन् । लगानी बोर्डले इन–ड्राइभर कस्तो कम्पनी हो भन्ने समेत थाहा नपाएको उल्लेख गरेको छ । साथै, बोर्डसँग इन–ड्राइभर सम्बन्धित कुनै विदेशी लगानी स्वीकृत र माग नभएको जनाएको छ ।

इन–ड्राइभर भारतमार्फत अवैध रुपमा नेपालमा व्यापार गरिरहेको खुलेको छ । ४२ देशहरुमा सन्चालित भइसकेको इन–ड्राइभर अहिले नेपालमा पठाओको प्रतिस्पर्धी रुपमा उदाइरहेको छ । नेपालमा हाल ४ हजार भन्दा बढी यसको प्रयोगकर्ताहरु रहेका छन् । तर सरकारलाई इन–ड्राइभरको केन्द्रीय कार्यलय र सम्पर्क व्यक्ति बारे कुनै जानकारी समेत छैन् ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here