भारतीय आयल कर्पोरेसन (आइओसीले) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाए सँगै नेपाल आयल निगमले पदार्थको भाउ फेरि बढाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार भारतले बुधबार पेट्रोल, डिजेल र हवाई इन्धनको बढेको मूल्यसूची पठाएको थियो।
यो मुल्यसूची हिजो (बुधबार) राति १२ बजेबाट लागु भईसकेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ। यसको अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।
यसका साथै निगमले हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २ सय डलर वृद्धि गरेको छ। यसपल्ट भने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
आयल निगमले विज्ञप्ति जारी गर्दै बुधबार समायोजन गरिएको मूल्यमा समेत घाटा व्यहोर्नुपर्ने अवस्था रहेको जनाएको छ।