Wednesday, October 5, 2022

भारतबाट गैरकाकुननी रुपमा नेपालमा व्यापार गर्दै ‘इन–ड्राइभर’

हाल नेपालमा राइड सेयरिङ कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत दर्ता भएर सन्चालनमा आईरहेका छन् । उचित कानुन नहुदाँ कम्पनीहरु यातायात व्यवस्था ऐन बमोजिम चल्नुपर्नेमा कम्पनी अन्तर्गत चलिरहेका छन् । सर्वोच्च अदालतले सेयरिङ कम्पनीहरुको सम्बन्धित कानुनी व्यवस्था नहुन् जेल निजि सवारीमै सञ्चालन गर्न आदेश दिएको थियो । यही कारण नेपालमा अहिले राइड सेयरिङ कम्पनीहरु रातो नम्बर प्लेटमै सञ्चालन भइरहेका छन् ।

यि त भए सम्बन्धित कानुनी व्यवस्था नभएर कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत दर्ता भएर सन्चालनमा आएका राइड सेयरिङ कम्पनीहरु । तर नेपालमा यस्ता पनि कम्पनी छन् जुन देशको कुनै पनि निकायमा दर्ता नभइ एप्सबाट सन्चालन भइरहेका छन् । ति मध्ये एउटा हो अहिलेको चर्चित एप ‘ इन–ड्राइभर ‘ ।

इन–ड्राइभर कम्पनी दर्ता बिना अवैध रुपमा नेपालमा सन्चालन भइरहेको खुलेको छ । फेसबुकमा नेपाललाई लक्षित गरेर प्रचार गरिरहेको इन-ड्राइभर कति बेला नेपाल आयो कति बेला देखि सन्चालनमा आयो भन्ने नै सराकारी निकायहरु बेखबर छन् । लगानी बोर्डले इन–ड्राइभर कस्तो कम्पनी हो भन्ने समेत थाहा नपाएको उल्लेख गरेको छ । साथै, बोर्डसँग इन–ड्राइभर सम्बन्धित कुनै विदेशी लगानी स्वीकृत र माग नभएको जनाएको छ ।

इन–ड्राइभर भारतमार्फत अवैध रुपमा नेपालमा व्यापार गरिरहेको खुलेको छ । ४२ देशहरुमा सन्चालित भइसकेको इन–ड्राइभर अहिले नेपालमा पठाओको प्रतिस्पर्धी रुपमा उदाइरहेको छ । नेपालमा हाल ४ हजार भन्दा बढी यसको प्रयोगकर्ताहरु रहेका छन् । तर सरकारलाई इन–ड्राइभरको केन्द्रीय कार्यलय र सम्पर्क व्यक्ति बारे कुनै जानकारी समेत छैन् ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here