Thursday, October 6, 2022

होन्डा र सोनीको सहकार्यमा २०२५ मा इलेक्ट्रिक कार लन्च गर्ने

होन्डा र सोनीले, “सोनी होन्डा मोबिलिटी इंक” नामक नयाँ कम्पनीको लागि आधिकारिक रूपमा संयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । दुबै कम्पनीको प्रेस विज्ञप्ति अनुसार नवगठित कम्पनिमा दुवैको समान ५०% सेयर हुनेछ । ​​नयाँ बनाइएको कम्पनिले पहिलो इभि मोडल २०२५ सम्ममा बिक्री र व्यापारिकरण गरिसक्ने योजना बनाईएको छ ।

यो सजिलैसँग बुझ्न सकिन्छ कि नयाँ कम्पनिमा होन्डाले आफ्नो कार निर्माण अनुभव ल्याउनेछ र सोनीले आफ्नो सफ्टवेयर र प्रविधि अनुभव ल्याउनेछ । होन्डाको यासुहिदेले अध्यक्ष र सीईओ दुवैको रूपमा काम गर्नेछन् भने सोनीको इजुमी कावानिशीले अध्यक्ष र प्रमुख अपरेटिङ अफिसरको रूपमा काम गर्नेछन् । कम्पनि यो वर्षको अन्त्य हुनु अघि टोकियोमा स्थापना हुनेछ र यसका उत्पादन गाडीहरूको बिक्री २०२५ मा सुरु हुनेछ।

होन्डाले सन् २०२० मा आफ्नो सानो इलेक्ट्रिक कार ‘होन्डा–ई’ विश्व बजारमा ल्याएको थियो । कारमा सानो ब्याट्री छ, जसले फुल चार्जमा २८० किलोमिटरको रेन्ज दिन्छ । होन्डा–ईले २०२१ वल्र्ड अर्बन कार अफ द ईयरको उपाधि जितेको थियो । होन्डाले कार बाहेक २ ह्विललाई पनि इलेक्ट्रिकमा रूपान्तरण गर्ने योजना बनाएको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here