सुदुरपश्चिम प्रदेशको धनगढीमा एउटा कार्यक्रममा सहभागी हुन, प्रधानमन्त्री शेरबहादुर देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट हेलिकप्टर चढेर धनगढी उडेका थिए । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिने अवस्थामा पुग्यो । आकाशमा इन्धन सकिन लागेपछि हेलिकप्टरलाई भैरहवामा आकस्मिक अवतरण गर्नु पर्यो ।
उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ ।
देशको प्रधानमन्त्रि जस्तो मानिस चढेको हेलिकप्टरमा समेत यतिसम्मको हेलचेक्याइ हुन लाजमर्दो कुरा हो ।