टाटा मोटर्सले एसयूभीले ह्यारियर (Harrier) मोडल लन्च गरेको छ । कम्पनीले यो कारको नयाँ एक्सजेटएस भेरियन्ट भारतमा लन्च गरेको हो । यो नयाँ एसयूभी भेरियन्ट एक्सजेटो तुलनामा अलि महँगो हुने कम्पनीले जनाएको छ । टाटा मोटर्सले एसयूभीले ह्यारियर (Harrier) को भारतीय मूल्य २० लाख रुपैयाँ तोकिएको छ ।
नयाँ भेरियन्टमा १७-इन्च डुअल-टोन एलोय ह्वील, ६-तर्फी ड्राइभरको सिट, एक प्यानोरामिक सनरुफ, लुम्बर सपोर्ट जस्ता फिचरहरु रहेका छन् । यसका साथै कम्पनीले Xenon HID प्रोजेक्टर हेडल्याम्प, ९-स्पीकर जेबीएल साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको ८.८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, एक रियर पार्किङ क्यामेरा, एसी, वाइपर र हेडल्याम्पहरू समावेश गरेको छ ।
कम्पनीले ग्राहकको सुरक्षालाई मध्येनजर गरेर ६ वटा एयरब्याग उपलब्ध गराएको छ ।
यो भेरियन्टको इन्जिनमा भने कुनैपनि परिवर्तन गरिएको छैन् । इन्जिनले १७०पीएस पावर र ३५०एनएम टर्क जेनेरेट गर्दछ । यस इन्जिनमा ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पको साथ उपलब्ध रहेका छन् ।
नेपालमा रहेका एच ५ भेरियन्टका कार र मूल्यः
Variants | Price |
Tata H5 XE (Diesel 1956cc) | Rs. 58.55 Lakhs |
Tata H5 XM (Diesel 1956cc) | Rs. 65.99 Lakhs |
Tata H5 XT (Diesel 1956cc) | Rs. 70.99 Lakhs |
Tata H5 XZ (Diesel 1956cc) | Rs. 75.99 Lakhs |