सरकारले पूर्वाधार योजना अन्तर्गत काठमाडौं देखि चितवनसम्मको यात्रा १ घण्टामा तय हुनेगरि द्रुत मार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पहिलो चरणमा चन्द्रागिरी-चित्लाङ-पालुङ-चितवन द्रुत मार्ग बनाउँने घोषणा गरेका हुन् ।
साथै, सरकारले चितवन-रामपुर-बुटवल र चितवन-रामपुर-पोखरा द्रुत मार्ग निजि क्षेत्रको समन्वयमा बनाउँने लक्ष्य लिएको छ । यसका लागि सरकारले लगानी बोर्डमार्फत प्रकिया अघी बढाउँने जनाएको छ ।
यसो हुदाँ काठमाडौं देखि बुटवल र पोखराको दुरि उल्लेख्य मात्रामा छोट्टिनेछ । व्यापारिक र आन्तरिक पर्यटकिय क्षेत्रमा टेवा पुग्ने हुनाले यो द्रुत मार्गबाट धेरैले फाईदा पाउनुका साथै आर्थिक सुधार पनि हुनेछ ।