आज नानिचा याः रथ यात्राको अवसरमा महानगरको भित्री क्षेत्रमा यातायात अवरुद्ध हुने भएको छ। काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै नरदेवी, किलाघः, मखन, हनुमान ढोका क्षेत्र परिसर, भेडासिंहलगायतका क्षेत्रमा यातायात अवरुद्ध हुने जानकारी दिएको हो ।
महानगरपालिकाको सूचनामा यो क्षेत्र वरपर सवारीसाधनको प्रवेश निषेधित गरेको सुचित गरिएको छ । नानिचा याः इन्द्रजात्राको रथयात्राको अन्तिम दिन मनाउने गरिन्छ ।
