यातायात व्यवस्था विभागले साउनसम्ममा बागमती र गण्डकी प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भनेसँगै सर्वसाधरणमा हतासो छाएको छ । तर साउनसम्ममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्भव नहुने र जारी सूचना सांकेतिक मात्र रहेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जनाएका छन् ।
तर नयाँ सवारी दर्ता हुदाँ अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्ने र नभए कारबाही हुनसक्ने उनले बताए ।
‘साउनसम्ममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सम्भव छैन् । जारी सूचना सांकेतिक मात्र हो, व्याख्या गरिएको छैन । सबैलाई कारबाही हुदैन् । तर नयाँ सवारी दर्ता हुदाँ चाँहि अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्ने छ । ‘
विभागले केही दिनअघी बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको थियो ।