नाडाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ‘नाडा अटो शो २०२२’ मा इलेक्ट्रीक कम्पनीहरुको राम्रो उपस्थिति रहने भएको छ । पहिलेको तुलनामा अहिले इलेक्ट्रीक कम्पनीहरुको रेस्पोन्स राम्रो रहेको नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालकाले जनाएका छन् ।
बरालले भने, ‘ नाडा अटो शो २०२२ ‘ मा इतिहासकै पहिलो पटक करिव एक दर्जन इलेक्ट्रीक दुईपाङ्ग्रे कम्पनीहरु सहभागी हुनेछन् । सर्वसाधरणको इलेक्ट्रीक सवारी प्रतिको चासोलाई मध्येनजर गरेर हामीले पनि इलेक्ट्रीक सवारीलाई प्राथमिकतामा राखेका छौ ।
यसपालीको नाडा अटो शोमा सुपर शोको, याडिया, एनआईयू, हिरो इलेक्ट्रीक, एनआईयू, लेभनिङ, दोहान, आइमा, ओवेन, प्योर इभी जस्ता चर्चित इलेक्ट्रीक कम्पनीहरुको सहभागिता हुने नाडाले जनाएको छ ।
नाडा अटो शो २०२२ आगामी भदौ ७ गतेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । कोभिड १९ का कारण नाडा शो विगत २ वर्षदेखि हुन् सकेको थिएन् ।