Tuesday, November 29, 2022

ड्राइभिङ सुझावहरू: म्यानुअल (गियर सिस्टम) भएको कार चलाउँदा के गर्ने र के नगर्ने ?

ड्राइभिङ मन पराउने सबै मानिसहरुको रोजाईमा म्यानुअल कारनै पर्ने गर्छ । अटोमेटिक कारहरूको बजारमा धेरै माग बढेतापनि, म्यानुअल कारहरू सधैं मानिसहरुको रोजाईमा पर्छ। आज हामी म्यानुअल कार चलाउँदा के गर्ने र के नगर्ने भन्ने सुझावहरु दिन गईरहेको छौँ ।

के गर्ने ?

१) गियरहरू सिफ्ट गर्दा, क्लच सधैं थिच्ने गर्नुहोस्

यदि तपाईंले गियरहरू सिफ्ट गर्दा क्लच थिच्नु भएन भने तपाईंको कारको क्लच प्लेट साथसाथै इन्जिनमा समस्या आउनेछ । क्लचको प्राथमिक काम भनेको प्रसारण/इन्जिन सम्पर्कको मात्रालाई विनियमित गर्नु हो । त्यसैले गियरहरू सिफ्ट गर्दा जहिले पनि क्लच थिच्ने गर्नुहोस् ।

२) गियरहरू सहि तरिकाले प्रयोग गर्नुहोस्

तपाईंको गति अनुसार गियरहरू सिफ्ट गर्नुहोस्, अन्यथा तपाईंको कारको ट्रान्समिसन र इन्जिनमा समस्या आउनेछ । अनुचित गियरिङ र गतिको कारणले गर्दा इन्जिनमा छिटै समस्या आउँछ र गाडीले अर्कै नराम्रो आवाज निकाल्न थाल्छ । लामो अवधिसम्म गियर र गति नमिलाई गाडी चलाउनु हानिकारक हुनेछ ।

३) क्लच ठीकसँग प्रयोग गर्नुहोस्

गियरहरू बिग्रिनुको एक प्रमुख कारण भनेको क्लच ठिकसँग प्रयोग नगर्नु हो । क्लचमा पुरै थिचेर मात्र गियरहरू परिवर्तन गर्ने गर्नुहोस् ।

के नगर्ने ?

१) लगातार हाफ क्लचमा कहिल्यै ड्राइभ नगर्नुहोस्

यदि तपाईंले ड्राइभिङ गर्दा हाफ क्लचमा गर्नु भयोभने क्लच झन् छिटो बिग्रिनेछ । यसको परिणाम स्वरूप तपाईंको कारको मर्मत खर्च नियमित रुपमा बढ्नेछ।

२) कार पार्क गर्दा गियरमा कहिले पनि नराख्नुहोस्

जब कार गियरमा र स्टपमा हुन्छ, क्लच पनि संलग्न भएको हुन्छ । लामो समयसम्म क्लच संलग्न हुनु भनेको क्लच छिटो बिग्रिनुको प्रमुख कारण हो । पहिले उल्लेख गरिएझैं, यसले कार मर्मत लागत बढाउनेछ ।

३) ओरालोमा निउट्रलमा नकुदाउनुहोस्

पहाडको बाटो उकालो र ओरालोमा कुदाउन सबैलाई रमाईलो र आनन्द लाग्दछ, तर ओरालोमा कुदाउँदा कहिले पनि निउट्रलमा नकुदाउनुहोस् । धेरैजनाले निउट्रलमा कुदाउँदा पेट्रोल या डिजेल जोगिन्छ सोच्नुहुन्छ तर यो एकदम असुरक्षित छ।यसरी कुदाउँदा पहिलो, तपाईंसँग आफ्नो गाडीको कम नियन्त्रण हुन्छ । दोस्रो, ब्रेकिङ प्रणालीमा थप दबाब भएर छिटो बिग्रिन्छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here