अवैध संरचना र फुटपाथ हटाउने काम निरन्तर अगाडी बढाईरहेको काठमाडौं महानगरले आज नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचना हटाएको छ । बानेश्वर क्षेत्रका सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।
महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ । हिजो मात्र टुकुचा खोला खोज्दै हिडेको काठमाडौ महानगरको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला भेटाएको थियो ।
जय नेपाल हल क्षेत्रमा डोजरले १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा धेरै वर्षदेखि गायब रहेको थियो ।