क्रसफायरले नेपाली नयाँ वर्षलाई लक्षित गरेर नयाँ योजना ल्याएको छ । क्रसफारको नेपालका लागि आधिकारिक वितरक क्लासीक ह्वील इम्र्पोट एण्ड एक्सर्पोटले यो अफर सार्वजनिक गरेको हो । यो अफर चैत्र २७ देखि सुरु भएर बैशाख ११ सम्म लागु हुनेछ ।
कम्पनीले ग्राहकको लागि विभिन्न पुरस्कार तथा छुटहरु ल्याएको छ । ग्राहकले क्रसफायरका कुनैपनि मोटरसाइल वा स्कुटर खरिद गर्दा कुपन स्क्याच गरि १० हजारदेखि ५० हजार रुपैयाँसम्म जित्न सक्नेछन् । यसका साथै भाग्यशाली विजेताले बम्पर उपहारमा १ लाख ५० हजार रुपैयाँ जित्न सक्नेछन् ।अफर अन्तर्गत ग्राहकले १५ हजार बराबरको एशोसरिज निःशुल्क प्राप्त गर्नेछन् ।
कम्पनीले ग्राहकको लागि फाइनान्स र एक्सचेन्जको सुविधा पनि दिएको छ । ग्राहकले आफ्नो कुनैपनि मोटरसाइल वा स्कुटर क्रसफायरसँग एक्सचेन्ज गर्न पाउँनेछन् । साथै,एक्सचेन्जबाट मोटरसाइल वा स्कुटर खरिद गर्ने ग्राहकलाई कम्पनीले एक्सचेन्ज वोनस २५ हजार रुपैयाँ दिनेछ । फाइनान्सको लागि कम्पनीले २.७९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउने छ ।
कम्पनीले हरेक हप्ताको २ जना विजेतालाई २ रात ३ दिनको हिमालयन फ्रन्ट होटल पोखराको प्याकेज उपलब्ध गराइदिने छ ।