Tuesday, September 27, 2022

सुशान्त केसीको उपस्थितिमा ‘जावा फोर्टी टु’ लन्च, यस्तो छ मूल्य र विशेषता

चेक गणतन्त्रबाट सुरु भएको चर्चित कम्पनी क्लासिक लिजेन्ड्सले नेपाली बजारमा आफ्नो नयाँ बाइक ‘जावा फोर्टी टु’ औपाचारिक रुपमा लन्च गरेको छ । नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले चर्चित नेपाली गायक सुशान्त केसीको साथमा उत्तरढोकास्थित सोरुममा यो बाइक सार्वजनिक गरेको हो ।

कम्पनीले नेपाली नयाँ वर्ष लगत्तै ‘जावा फोर्टी टु’ २.१ भर्सनको बुकिङ खुला गरेको थियो । कम्पनीले नेपालमा यसको आधिकारिक मूल्य ७ लाख ५८ हजार रुपैयाँ निर्धारण गरेको छ । हाल नेपाली बजारमा यो अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइट कलरमा उपलब्ध रहेको छ ।

यो नयाँ भर्जनको बाइकमा पहिलेको तुलनामा आकर्षक र सुधारित इन्जिन रहेको छ । यसमा २९३ सीसी लिक्विड कूल्ड र फ्युल इन्जेक्टेड इन्जिन उपलब्ध रहेको छ जसलेअधिकतम २७.३३ पीएस पावर र २७.०२ एनएमको टर्क जेनेरेट गर्दछ । यो बाइकमा क्रस पोर्ट टेक्नोलोजी प्रयोग गर्ने पहिलो एकल सिलिन्डर इन्जिन रहेको कम्पनीले जनाएको छ ।

जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङ साथ पुनः इन्जिनियर गरिएको छ । अलोय ह्वील, ट्यूवलेस टायर,  ट्रिप मिटर, फ्लाई स्क्रिन र हेडल्याम्प ग्रिल जस्ता फिचर्सहरु यसमा रहेको छन् । यसका साथै पहिलेको तुलनामा यसमा आरामदायि सिट रहेको छ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here