एक डच कम्पनीले यस वर्षको अन्त्यमा ग्राहकहरूलाई विश्वको पहिलो सौर्य कारको डेलिभरी सुरु गर्दैछ । लाइटइयर ‘ओ’ वास्तवमा घाम लाग्ने देशमा ब्याट्री चार्ज नगरी ७ महिनासम्म ड्राइभ गर्न सक्ने अनुमान गरिएको छ ।
लाइटइयरका अनुसार अप्टिमाइज्ड सोलार रूफ र समग्र डिजाइनको कारणले कारलाई केहि महिनासम्म पनि चार्ज नगरी चलाउन सकिनेछ । घाम कम लाग्ने मौसममा, प्रति दिन करिब ३५ किलोमिटर औसत यात्राको आधारमा, एक पटक कार चार्ज गरेर दुई महिनासम्म चलाउन सकिनेछ । घाम धेरै नै लाग्ने देशहरूमा भने, सात महिनासम्म चलाउन सकिनेछ ।
सो इलेक्ट्रिक कारमा जडान गरिएको ५४ वर्ग फुट पेटेन्ट गरिएको डबल–कर्भ सोलार प्यानलबाट ब्याट्री चार्ज गर्छ । जसका कारण कार चलाउँदा पनि ब्याट्री चार्ज भइरहन्छ ।लाइटइयरले यो वर्षको अन्त्यमा ईभी उत्पादनमा जाने घोषणा गरेको छ । यसको डेलिभरी नोभेम्बर २०२२ मा सुरु हुने अपेक्षा गरिएको छ ।