बीवाईडी अटो इन्डष्ट्रीले नेपाली ईभी बजारमै पहिलो पटक ‘फिस्कल इयर एन्ड अफर’ नामकरण गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि सो ग्राहकमुखी योजना इलेक्ट्रिक गाडीको लागि ल्याएको हो ।
अफर अन्तर्गत ग्राहकले बीवाईडी न्यु ई-६ खरिद गर्दा विभिन्न पुरस्कार जित्नेछन् । ग्राहकले क्यास छुट, गिफ्ट ह्याम्पर्स र एक्सचेन्ज बोनस पाउँने कम्पनीले जनाएको छ। यसका साथै, ग्राहकले आगामी आर्थिक वर्षको लागि रोड ट्याक्स फ्रि समेत पाउँनेछन् ।

बीवाईडी न्यु ई-६ ले १ घण्टा ३० मिनेटको फुल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिन्छ । यसमा ७१.७ किलोवाट आवरको ब्याट्री समावेश गरिएको छ । बीवाईडी ई६ मा १०.१ इन्चको मल्टिमिडिया कारप्याड, एसी तथा डीसी फास्ट चार्जिङ, १७५ एमएम ग्राउन्ड क्लियरेन्स र ५८० एमएल स्पेसियस ट्रंक रहेको छ ।
नेपाली बजारमा यसको मूल्य ५७.५० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।