गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँम पुल निर्माण गरिएको छ । वारि खेत छ, पारि पहिरो । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोड लागतमा मोटरेबल पुलन बनाइँदै छ ।
सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । सडक नै नभएको ठाउँमा निर्माण भएको पुलमा मोटर कसरी आउँछ भन्नेमा स्थानीय आफैं अन्यौलमा छन् ।
गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हँदा सो पुलको लागि बजेट विनियोजन गरेका थिए । पुल वारी मन्त्री बस्नेतको खेत रहेको र पारी उनको गाउँ भएकाले पनि हतारमा उनले उक्त योजनामा बजेट विनियोजन गरेको अनुमान सजिलै लगाउन सकिन्छ । सडक नै नभएको सो ठाउँमा पाँच करोड ३९ लाख खर्चेर पुल निर्माणको काम भइरहेको छ ।