Tuesday, November 29, 2022

ब्राभो इलेक्ट्रिक स्कुटर अब नेपालमा, फुल चार्जमा काठमाडौंदेखि पोखरासम्म यात्रा गर्न सकिने

काठमाडौं–पोखरा एकैपटक फुल चार्जमा यात्रा गर्न सकिने विद्युतीय स्कुटर ‘ब्राभो’ नेपालमा आएको छ । पेट्रोलको मूल्य बढेसँगै काठमाडौंदेखि पोखरासम्म फुल चार्जमा यात्रा गर्न सकिने इलेक्ट्रिक स्कुटर ब्राभो नेपालमा सार्वजनिक गरिएको छ । नेपालका लागि ब्राभो इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता जम्वो मोटर्स प्रालिले ‘ब्राभो इलेक्ट्रीक स्कुटर’ को विक्री अब छिट्टै सुरु गरिने जनाएको छ । जम्बो मोटर्सले हालै सो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा टेस्ट राइड कार्यक्रम संचालन गरिरहेको पनि जनाएको छ ।

एसी आउटलेट अर्थात् होम प्लगबाट चार्ज गर्दा यो स्कुटर २ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ । फास्ट चार्जर उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ । फास्ट चार्जरबाट चार्ज गर्दा, स्कूटर पूर्ण रूपमा चार्ज हुन ३० मिनेट लाग्नेछ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा भेरियन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

जम्बो मोटर्सले नेपालमा ओपाई र लभेनेङ ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले आयात गरेको नयाँ इलेक्ट्रिक स्कुटर ब्राभो मोडलको स्कुटरमा ३ किलोवाटको मोटर रहेको छ । यस स्कुटरमा प्रदान गरिएको ब्याट्री २० र ४० एम्पियर र ७२ भोल्टको हुनेछ ।

स्कुटरमा टीएफटी डिस्प्ले, किलेस स्टार्ट, फराकिलो टायर, टेलिस्कोपिक सस्पेन्सन, एलईडी लाइट, डिस्क ब्रेक र ठूलो बुट स्पेस जस्ता सुविधाहरू छन् । यसको मूल्य अझै
तय भएको छैन। तर कम्पनीका निर्देशक विनोद न्यौपानेका अनुसार यसको मूल्य करिब तीन लाख हुन सक्छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here