इलेक्ट्रिक मोटरसाइकलहरूको इटालियन निर्माता एनर्जीकाले लामो दूरीलाई लक्षित गरेर फास्ट चार्जिंग हुने मोटरसाइकल, द एक्सपेरिया बजारमा ल्याउने भएको छ ।
यो बाइकको विशेषता भनेको एक पटक चार्जमा ४२० किलोमिटरको यात्रा गर्न सकिन्छ । यो अहिलेसम्मकै सबै भन्दा धेरै रेन्ज दिने बाइक हुने भएको छ । मोटरसाइकलमा २२.५ किलोवाटको ब्याट्री प्याक प्रयोग गरिएको छ जुन ४० मिनेटमा ० देखि ८०% सम्म चार्ज हुन्छ ।
बाइकमा एरोडायनामिक स्पोर्ट टुरिङ, विन्डस्क्रिन, आरामदायी सिट र ११२ लिटरसम्मको ठूलो (वाटरप्रूफ) लगेज क्षमता रहेको छ । बाइकमा चारवटा सवारी मोडहरू छन्: इको, अर्बन, रेन र स्पोर्ट, साथै चारवटा ब्रेकिङ सेटिङहरू: हाई, मिडियम, लो र अफ ।
यसबाहेक यसमा ६–लेभल ट्र्याक्सन कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल र टीएफटी डिस्प्ले पनि छ। यसमा स्ट्यान्डर्ड हिटेड ग्रिपहरूसँग पनि आउँछ, तर अन्तर्राष्ट्रिय रूपमा बिक्री हुने मास मार्केट मोडलमा यसलाई वैकल्पिक बनाइनेछ ।
यो बाइक अहिले नै भने नेपालमा आउने छैन तर छिटै नै आउने अनुमान गरिएको छ ।