जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा भारु ८८.०८ लाख रुपैयाँ रहेको छ ।
कस्तो छ ?
यसमा ३.० लिटरको भी६ इन्जिन दिइएको छ जसले ३३५ बीएचपी र ५०० न्यूटन मिटर टर्क जेनेरेट गर्दछ । यसमा रहेको क्वाट्रो अल ह्वील ड्राइभ टेक्नोलोजीले गाडीमा रहेको सबै पाङ्ग्रालाई पावर दिने काम गर्छ । यसले मात्र ५.९ सेकेन्डमा १०० किमी प्रतिघण्टाको गति लिन्छ र यसको उच्च गति २५० किलोमिटर प्रति घण्टा रहेको छ ।
फिचरको कुरा गर्दा यसमा प्यानोरामिक सनरुफ, १९ इन्च एलोय ह्विल, १०.१ इन्चको टचस्क्रिन, डिजिटल ड्राइभर डिस्प्ले, आठ एयरब्याग, ३६० डिग्री क्यामेरा, ओलुफसेन स्टेरियो सिस्टम, मेमोरी फंक्शनसहितको पावर सिट, एयर प्युरिफायर जस्ता फिचरहरु समावेश गरिएको छ ।
यो एक्सयूभीले भारतीय बजारमा भोल्भो एक्ससी ९०, मर्सिडिज-बेन्च जिएलएस, बिएमडब्लु एक्स ७ जस्ता गाडीहरुसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।