Thursday, October 6, 2022

इलेक्ट्रीक एसयूभी ‘एटो-३’ को बुकिङ खुल्दैँ

बीवाइडी आफ्नो इलेक्ट्रीक एसयूभीको नेपाली बजारमा बुकिङ खुल्ला गर्ने भएको छ । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले बैशाख अन्तिम सातादेखि नयाँ एसयूभी ‘एटो-३’ बुकिङ खुल्ला गर्न लागेको हो । नेपालमा यसको लङ रेन्ज मोडल मात्र आउने कम्पनीले जनाएको छ । कम्पनीले भने अहिलेसम्म यसको आधिकरिक मूल्य खुलाएको छैन् ।

‘एटो-३’ का सिटहरु स्पोर्टी प्रकारका रहेका छन् जसले आरामदायी अनुभव प्रदान गर्दछ । पोर्ट्रेट, ल्यान्डस्केप बिच परिवर्तन गर्न यसको ठुलो सेन्टर स्क्रिन ९० डिग्रीमा घुम्ने गर्छ । गाडीको पछाडी २ वटा युसबी पोर्ट रहेका छन् ।

यसमा ६०.४ किलोवाट आवरको नयाँ टेक्नोलोजी प्रयोग भएको ब्लेड ब्याट्री समावेश गरिएको छ जसले फुल चार्जमा ४०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ ।

यसमा १२.८ इन्चको टचस्क्रिन डिलिङ्क मल्टिमिडिया प्रणाली, डिजिटल रेडियो, ८ वटा स्पिकर डिराक साउन्ड सिस्टम, ५.० इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस स्मार्टफोन चार्जर, पावर एडजस्टेबल फ्रन्ट सिट जस्ता फिचरहरु रहेका छन् । ग्राहकको सुरक्षालाई मध्येनजर गरेर कम्पनीले ७ वटा एयरव्याग गाडीमा समावेश गरेको छ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here