अशोक लेल्यान्डले देशभरका ग्राहकलाई मध्यनजर गरेर गत आइतबार देखी ‘मेघा सर्भिस क्याम्प २०२२’ सुरु गरेको छ । यो अफर चैत्र ६ गते देखि चैत्र ११ गतेसम्म लागु हुनेछ । अशोक लेल्यान्डका सबै प्रकारका गाडीले यो अफरको फाईदा उठाउँन सक्नेछन् । ग्राहकले यो सुविधा देशभरका कुनैपनि सर्भिस सेन्टरहरूबाट लिन सक्ने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत ग्राहकहरुले विभिन्न आकर्षक उपहारका साथै भारी मात्रमा छुट पनि पाउने छन् । ग्राहकले स्पेअर्स पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट, लेबर चार्जमा ३० प्रतिशत छुट, ४५ पोइन्ट फ्री चेकअपको सुविधाका साथै छुट कुपन पनि पाउनेछन् ।
यसका साथै ग्राहकले फ्री टिसर्ट, एक लिटरसम्मको फ्री इन्जिन आयल, फ्री गाडी वासिङ र कुलेन्ट टप-अप पनि पाउनेछन् ।
‘सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौं’ भन्ने नाराका साथ यो क्याम आइतबार काठमाडौंमा उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ र अन्य यातायात छेत्रका व्यक्तित्वहरू सहभागिता रहेको थियो ।