यातायात व्यवस्था कार्यालयको नयाँ प्रणाली अन्तर्गत सेवाग्राहीले अब आफै छानेको मितिमा परीक्षा दिन पाउँने भएका छन् । यसअघी सेवाग्राहीले कार्यलयले तय गरेको मितिमा परीक्षा दिनुपर्ने बाध्यता रहेको थियो ।
यसको लागि विभागले अनुमतिपत्र छपाइसँगै नयाँ ‘एप्लिकेसन’ बनाउन लागेको छ । जसअन्तर्गत सेवाग्राहीले कुन कार्यालयबाट र कुन दिन परीक्षा दिने भनी छान्न सक्नेछन् । कार्यालयले जुन दिन भन्यो त्यही दिन जानुपर्ने भए पनि अब दुई साताभित्र कुन दिन जाने भनी सेवाग्राही आफैँले सिनेमा हलको जस्तो खाली भएमा छानेर जान सक्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जनाएका छन् । कार्यलयले अनलाइन फारम भरेकाहरुको १५ दिनभित्रको सूची निकालेर योग्य सेवाग्राहीको नाम प्रकाशित गर्नेछ ।
यसका साथै, नयाँ प्रणालीमा सेवाग्राहीले फारम भर्नु अघी अनिवार्य राजस्व बुझाउनु पर्नेछ । यसले गर्दा सेवाग्राही परीक्षाको दिन अनिवार्य उपस्थित हुने पनेरुले बताए । यसअघी पैसा पर्दैन भनेर पनि धेरै सेवाग्राहीले भर्ने तर परीक्षामा सहभागी नभएको पाइएको छ ।
विभागले विगतमा फारम भरेका सबै सेवाग्राहीको जेठ १५ गतेसम्ममा परीक्षा लिइसकेर त्यसपछि मात्रै नयाँ खुलाइने तयारी गरिरहेको छ ।यसअघी विभागले जेठ ४ गतेदेखि लाइसेन्सको आवेदन खुलाउँने तयारि गरेको थियो ।
तर निर्वाचनको कारणले कर्मचारीको कमि हुदाँ प्राविधिक काम नसकिएको हुनाले विभागले मिति सारेको थियो। पुरानो डाटा नयाँ सफ्टवेयरमा इन्टिग्रेसन गर्न नभ्याउँदा विभागले यसअघी खुलाउँने भनेको लाइसेन्सको आवेदन मिति सारेको हो ।