टिभिएस मोटर्सले नेपालमा अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले केही समयअघि भृकुटीमण्डपमा आयोेजना भएको टिभिएस महा एक्सचेन्ज मेलामा यो बाइकलाई शोकेस गरिएको थियो ।
यो मोटरसाइकल सेग्मेन्टमा नै पहिलो तीन राइडिङ मोडसहित आएको छ । आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन, अर्वान र स्पोर्टस गरी तीन मोड उपलब्ध छ ।
यो नयाँ वाइकमा सिंगल च्यान एबिएस जडान गरिएको छ । यसका साथै टीभीएस स्मार्ट कनेक्ट फिचरसमेत दिइएको छ । चालकले ब्लुटुथ कनेक्ट मार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता अत्याधुनिक फिचरहरु प्रयोग गर्न सक्नेछन् ।
अपाचे आरटीआर १६० फोर भी यो सेग्मेन्टमा नै सर्वाधिक पावरफुल मोटरसाइकल रहेको छ । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन रहेको छ । यो इन्जिनले १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यो मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ ।