Monday, November 28, 2022

नेपाल ट्रक यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै भारतीय ट्रकहरूलाई कारबाही गर्न माग

नेपाल ट्रक यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै भारतीय ट्रकहरूले तोकेभन्दा बढी सामान ओसारेको भन्दै हालको जरिवाना शुल्क वृद्धि गर्न माग गरेको छ।

बढी सामान ओसार्ने ट्रकहरूमाथि कारबाही बढाउन मंगलबार विज्ञप्तिमार्फत् महासंघ माग राखेको छ । ट्रकहरुमा यसरी ल्याइएको बढी सामान चेक जाँच गरी ठाउँको ठाउँ सामान ट्रकबाट झारेर त्यतिनै बेला कारबाही गर्नु पर्ने महासंघले माग गरेको छ ।

अहिलेको अवस्थामा ठाउँ-ठाउँमा खटिएका ट्राफिक प्रहरीबाट भारवहनको चेकजाँच भए पनि १५ सय रूपैयाँसम्म मात्र जरिवाना तिराएर छाड्ने गरेको भन्दै उक्त जरिवाना अपर्याप्त भएको महासंघको ठहर छ। त्यस्ता ट्रकलाई कि यातायात कार्यालयमा चलान गर्ने कि त सामान बढी भए झार्न महासंघको माग छ।

महासंघले सबै जिल्ला ट्राफिक प्रहरीलाई यसै सम्बन्धमा लिखित तथा मौखिक निर्देशन दिन अनुरोध गरेको छ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here