२०७९ सालको जेठसम्ममा नेपालमा २३१ युनिट इलेक्ट्रिक कार भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार बैशाखमा ७८ र जेठमा १५३ युनिट गरि नेपालमा २३१ युनिट कार भित्रिएका हुन् ।
सरकारले जेठ महिनासम्ममा भित्रिएका इलेक्ट्रिका कारसँग १ अर्ब ३७ करोड राजस्व उठेको छ । इलेक्ट्रिक कारका लागि ५ अर्ब ५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ ।
भन्सार विभागको तथ्यांकमा गत साउनदेखि जेठसम्ममा १७०४ युनिट इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएको देखिएको छ ।साथै, कार, जिप र भ्यान ११ महिनाको अवधिमा १०० किलोवाटका ८९५ युनिट भित्रिएका छन् । १०० देखि १५० किलोवाट
सम्मका १३, १०० देखि २०० किलोवाट सम्मका ७९०, २०० देखि ३०० किलोवाट सम्मका ४ र ३०० किलोवाट भन्दा बढी क्षमताका ४ इलेक्ट्रिक कार, जिप र भ्यान भित्रिएका छन् ।
नेपालमा भारत, चीन, कोरिया, अमेरिका, जापान, फ्रान्सलगायत मुलुकबाट विद्युतीय कार आयात हुने गर्छन् ।