सरकारले गाडी आयातमा लगाएको रोक्का असार मसान्त देखि सकिदै छ । अबको १ दिन अर्थात् असर ३२ पछि गाडीमा लगाइएको प्रतिबन्ध फुक्का होला कि होला भन्ने हरेक गाडी ब्यापारीको लागि चासोको बिषय बनेको छ ।
सरकारले कम्वस्चन इन्जिनयुक्त गाडी र २५० सीसी माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध लगाएको छ । आज बसेको मन्त्रिपरिषद्ले यस विषयमा कुनै निर्णय नगरेसँगै आइतबारबाट एलसी स्वतः खुल्ने देखिन्छ ।
आइतबार बिहानसम्म कुनै निर्णय नभएको खण्डमा गाडीको एलसी खुल्ने देखिएको छ । त्यस्तै, कोरोना महामारीका कारण दुईवटा अटो शो हुन पाएको थिएन जुन यो बर्ष भदौमा गर्ने भनिएको छ तर यदी आयात प्रतिबन्ध खुलेन भने यो बर्ष पनि अटो शो गर्न अप्ठ्यारो हुने भएको छ ।