हुन्डाई मोटर कम्पनीले ‘आयोनिक ६’ स्पोर्टी इलेक्ट्रिक सेडान सार्वजनिक गरेको छ । हुन्डाईले एकपटक फूल चार्ज गर्दा ६१० किलोमिटर यात्रा गर्न सकिने दावी गरिएको छ ।
यसमा हुन्डाईको अहिलेसम्मकै सबैभन्दा एरोडायनामिक स्टाइल साथै अन्य धेरै रोचक सुविधाहरू छन् जस्तै डुअल कलर एम्बियन्ट लाइटिङ, स्पीड सिङ्क लाइटिङ, ईभी पर्फमेन्स ट्युन-अप र इलेक्ट्रिक एक्टिभ साउन्ड डिजाइन (ई-एएसडी) ।
डुअल कलर एम्बियन्ट लाइटिङले चालकलाई ६४ रङ र छ वटा पूर्व-चयनित विषयवस्तुहरूको स्पेक्ट्रमबाट छनोट गरी भित्री क्याबिनको लुक र अनुभवलाई आफु अनुकुल हुने गरि मिलाउन सक्छ । स्पीड सिंक लाइटिङ मोडले गाडीको गतिमा आधारित भित्री प्रकाशको चमक परिवर्तन गरेर ड्राइभिङ अनुभवमा रमाइलो थप्छ ।
आयोनिक ६ मा ७७.४ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ । जसको अधिकतम पावर ३२० एचपी र टर्क ६०५ एनएम रहेको छ ।