यातायात व्यवस्था विभागले किनेको स्मार्ट लाइसेन्स छाप्ने मेसिन एक वर्ष नहुँदै बिग्रिएको छ । मेसिन करिब ३ करोडमा किनिएको थियो । १५ अक्टोबर २०१७ मा २ लाख ४४ हजार अमेरिकी डलरमा सम्झौता गरि चार थान स्मार्ट कार्ड प्रिन्टर खरिद गरिएको थियो । सम्झौता पत्रमा मेसिनको वारेन्टी अवधि ३ वर्ष उल्लेख गरिएको छ तर मेसिन एक वर्ष नहुँदै बिग्रिएको छ ।
खरिद सम्झौताको शर्त अनुसार स्मार्ट कार्ड प्रिन्टरको १० प्रतिशत भुक्तानी वारेन्टी सकिएपछि मात्र गर्ने उल्लेख गरिएको छ । तर, वारेन्टी अनुसार मर्मत सुविधा नदिएकोले भुक्तानी बाँकी रहेको १० प्रतिशतले हुने रू.२९ लाख ३२ हजार भुक्तानी गर्न नमिल्ने महालेखाको ठहर छ ।