Monday, June 5, 2023

टाटा नेक्सनलाई टक्कर दिन आयो निसानको म्याग्नाइट रेड एडिसन

निसान मोटर इन्डियाले बुधबार म्याग्नाइट रेड एडिसन लन्च गरेको छ । कम्पनीले यसको प्रारम्भिक मूल्य भारतीय बजारमा भारु. ७ लाख ८६ हजार ५ सय राखेको छ । कम्पनीले यसअघि जुलाई १८ मा निसान म्याग्नाइट रेड एडिसन सार्वजनिक गर्ने घोषणा गरेको थियो। तर बजारमा बढ्दो प्रतिस्पर्धालाई मध्येनजर गर्दै समय अगाडी नै लन्च गरेको हो । भारतमा कम्पनीले यसको बुकिङ सुरु गरिरहेको छ ।

यो गाडीको लुक नियमित एडिसन म्याग्नाइलभन्दा निकै आकर्षक र फरक हुने कम्पनीले दाबी गरेको छ । यसमा प्रदान गरिएको रेड हाइलाइट र क्रोम हिंट्ससहितका अतिरिक्त तत्वहरुले यसको लुक थप आकर्षक बनाएको छ । नयाँ निसान म्याग्नाइट रेड एडिसन तीन भेरियन्ट र दुई रङको विकल्पका साथ बजारमा उपलब्ध रहेको छ ।

एसयूभीको बाहिरी लुकमा कुरा गर्दा, यसमा रातो कलरको एक्सेन्ट रहेको हुन्छ जसले अगाडिको ग्रिल, अगाडिको बम्पर क्ल्याडिङ, ह्वील आर्च र बडी साइड क्ल्याडिङ लाई कभर गर्दछ । रातो रंगको एक्सेन्टको प्रयोगले यो एसयूभीलाई निकै स्पोर्टी लुक दिएको छ । यसका साथै, कारको भित्री भागमा पनि यस्तै एक्सेन्टहरू समावेश गरिएको छ जसमा रातो-थीम्ड ड्यासबोर्ड, डोर साइड आर्मरेस्टहरू र सेन्टर कन्सोलमा रातो एक्सेन्टहरू समावेश छन्।

यसमा वायरलेस चार्जर, एयर फिल्टर, एलइडी स्कफ प्लेट, एम्बियन्ट मुड लाइटिङ, एन्ड्रोइड अटो, ८.० इन्चको टचस्क्रिन, ७.० इन्च फुल इन्स्ट्रुमेन्ट क्लस्टर र प्रोजेक्शन गाइडसहितको रियर-भ्यू क्यामेरा जस्ता हाइ-टेक फिचरहरु रहेका छन् । यसमा रहेको टर्बोचार्ज्ड इन्जिनले ९८ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ५-स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको छ।

भारतमा यसले किया सोनेट, टाटा नेक्सन र मारुती सुजुकी ब्रेजासँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here