विदेशी इन–ड्राइभर कम्पनी दर्ता बिना अवैध रुपमा नेपालमा सन्चालन भइरहेको खुलेको छ । फेसबुकमा नेपाललाई लक्षित गरेर प्रचार गरिरहेको इन-ड्राइभर कति बेला नेपाल आयो, कति बेला देखि सन्चालनमा आयो भन्ने नै सरकारी निकायहरु बेखबर छन् । लगानी बोर्डले इन–ड्राइभर कस्तो कम्पनी हो भन्ने समेत थाहा नपाएको उल्लेख गरेको छ । साथै, बोर्डसँग इन–ड्राइभर सम्बन्धित कुनै विदेशी लगानी स्वीकृत र माग नभएको जनाएको छ ।
यसरी अवैध ब्यापारिक धन्दा चलाईरहेको राइड सेयरिङ एप ‘इन–ड्राइभर’माथि अनुसन्धानको सुरु हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘इन–ड्राइभर’ माथि छानबिन र अनुसन्धान गर्न प्रहरीलाई पत्र नै पठाईसकेको छ ।
प्रहरीले यस सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको छ । केही दिनमै परिसरबाट अनुन्धानको रिपोर्ट आउनेछ । प्रहरीले अनुसन्धानको क्रममा सोधपुछ गर्न हाल ‘इन–ड्राइभर’ एप चलाईरहेका चालक (राइडर)हरुलाई पनि पक्राउ गर्न सक्नेछ ।
त्यस्तै नेपालमा यो एप डाउनलोड भएका मोबाइलको ‘आईएमईआई’ नम्बर कति कति हो र ति मोबाइलका धनी को को हुन् भन्ने पत्ता लगाउने काम पनि भईरहेको छ ।