Sunday, June 11, 2023

अप्रिलियाले ‘एसआर म्याक्स २५०’ म्याक्सी स्कुटर चीनमा सार्वजनिक, नेपाली बजारमा छिटै आउने अनुमान

अप्रिलियाले एसआर म्याक्स २५० म्याक्सी स्कुटर चीनमा सार्वजनिक गरेको छ । स्कुटरमा स्ट्यान्डर्ड मोडलको तुलनामा धेरै आकर्षक बडीवर्क र ठूलो विन्डस्क्रिन रहेको छ ।

पछिल्लो रिपोर्ट अनुसार पियाजियोले आगामी दिनमा नेपालमा नयाँ एसआर म्याक्स २५० लन्च गर्ने तयारी गरेको छ । हाल पियाजियोले नेपालमा विभिन्न मोडलका भेस्पा र अप्रिलिया स्कुटर बिक्री गर्दै आएको छ ।

यो स्कुटर, २४४ सिसि, लिकुइड-कुल्ड इन्जिनद्वारा संचालित रहेको छ जसले अधिकतम २५.८ bhp को पावर र २२.५ Nm को टर्क उत्पन्न गर्छ । यो २६० एमएम अगाडि र २४० एमएम रियर डिस्क सेटअप सहित डुअल च्यानल एबीएसको साथ आउँछ र सस्पेन्सनलाई अगाडिको लागि टेलिस्कोपिक फोर्क र पछाडिको लागि ग्यास चार्ज सक्स द्वारा ह्यान्डल गरिएको छ । स्कूटरमा दुई सवारी मोड रहेको छ – इको र स्पोर्ट । यसमा ASR (एन्टि-स्लिप रेगुलेसन) पनि रहेको छ जसले स्वचालित रूपमा पछाडिको ह्वील स्लिप पत्ता भएको लगाउन सक्छ र त्यहि अनुसार इन्जिन आउटपुट समायोजन गर्न सक्छ ।

नेपालमा छिटैनै लन्च हुने अनुमान गरिएको यो अप्रिलियको मूल्य ५ लाख हुने अनुमान गरिएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here