पेट्रोलको मूल्य बढेसँगै सरकारले सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले हिजो सोमबारबाट लागु हुनेगरि अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा बढाएको हो ।
विभागले यात्रुवाहक सवारीसाधनमा १.७९ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २.३४ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत भाडा बढाइएको छ ।
निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ बढाएको थियो । हाल पेट्रोलको मूल्य १८१ रूपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १७२ रूपैयाँ लिटर रहेको छ ।
नयाँ मूल्यसूची